Logo

५ फागुन,वीरगञ्ज । घडीअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घडीअर्वा स्पोर्ट्स क्लब वीरगञ्जका अध्यक्ष सन्तोश कुमार साहको अध्यक्षता तथा वीरगञ्ज महानगर वडा नं. १० का अध्यक्ष सुशील कुमार कानूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ता, फेमिली फिÞजिसियन मधुरोग विशेषज्ञ डा. उदयनारायण सिंह, हाड़जोÞर्नी, नशा रोग विशेषज्ञ डा दिलीप चौरसिया, बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा. श्यामबाबू साह, बिकास साह, छाला रोग विशेषज्ञ डा रोहित गुप्ता, दांत रोग विशेषज्ञ डा ज्योति गुप्ता, डा राजकुमार साह, डा सन्दीप गुप्ता लगायतले चेकजाँच गरेका थिए । शिविरमा झण्डै दुईसय ५० जनाको जाँच गरिएको थियो ।

उद्धघाटन समारोहमा खेलकूद तथा स्वास्थ्य उपसमितिका संयोजक प्रभाकर गुप्ताले मौसममा आएको परिवर्तनबाट प्रत्येक घरमा बिरामीको चाँप देखिएकाले सोहीलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको बताउनुभयो । अधिवक्ता पन्नालाल गुप्ताले आयोजकको कार्यलाई प्रंशसा गर्नुभयो । यस्तै प्रभु अस्पतालकी संचालक स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले घडीअर्वा स्पोर्ट्स क्लबको सिफारिसमा आएका बिरामीलाई छुट दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा भारतको अयोध्यामा २०२४ जनवरी २२ मा भएको प्राणप्रतिष्ठामा सहभागि हुन १४ दिनको पैदल यात्रा गरेका घड़ीअर्वाका मुन्नाकुमार साह कानू र चन्दन वर्णवाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा समितिका पूर्व अध्यक्ष रामनगीना साह, वर्तमान सदस्य संतोष जैसी, पूर्व सदस्य अरबिन्द साह, छठपूजा समिति अध्यक्ष दिलीप गुप्ता, प्रेम साह, परमानन्द साह, बाल्मिकी साह, मनोज कुमार कानू, लखन लाल गुप्ता, तिलक साह, राकेश साह लगायतको उपस्तिथि थियो ।

स्वागत मन्तव्य क्लवका उपाध्यक्ष मनोहर साहले गरेको कार्यक्रमको संचालन क्लबका सचिव सन्तोषकुमार गुप्ता ले गरेका थिए ।


सम्बन्धित समाचार