Logo

१७ बैशाख, वीरगञ्ज। भक्तपुरको गोठाटार घटनाका मुख्य आरोपी बब्लु पासवानलाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । वीरगन्जमा प्रहरीको चेकजाँचका क्रममा भाग्न खोजेपछि उनीमाथि प्रहरीले आइतबार राति गोली चलाएर पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्दा पासवान भाग्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले पुष्टि गरे । पासवानको साथबाट पेस्तोल समेत बरामद भएको उनले जनाए ।

प्रहरीको गोली पासवानको देब्रे खुट्टामा लागेको छ । उनलाई उपचारका लागि नारायणी अस्तालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

गत २०७९ साल असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भएको थियो । सोही घटनाका मुख्य योजनाकार पासवान रहेको प्रहरीको भनाइ छ ।

उक्त घटनामा मोहम्मतको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको थियो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

गोठाटारमा मोहम्मद दर्जीले ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएका थिए भने घरमा पुग्नै लाग्दा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागेका थिए ।

उक्त घटनामा तत्कालै प्रहरीले केहि व्यक्तिलाइ पक्राउ गरिसकेको छ । बब्लु भारतीय नागरिक भएको र उनी घटना भएदेखि नै फरार रहेका थिए ।

उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहँदै आएका बताईएको छ ।

 


सम्बन्धित समाचार