Logo

३ जेठ,वीरगञ्ज । आफनै बच्चाको हत्या गर्ने आमालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ बस्ने अमरजीत कुमारको श्रीमती २२ वर्षकी आरती कुमारी रहेकी छन् ।

उनले घरमा कोही नभएको बेला आफ्नै ५ महिनाको छोराको घाटी थिचेर हत्या गरेकी थिईन् । छोराको हत्यापछि उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी प्रहरीले जनाएको छ ।

उनीविरुद्ध २०८० साल कार्तिक १९ गते पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । सोही पश्चात प्रहरीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आरती वीरगन्जमा घुमफिर गरिरहेको विशेष सूचनाको आधारमा खोज्दै जाँदा ज्येष्ठ १ गते उनलाइ वीरगन्ज १३ मा फेला पारेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाए ।

पक्राउ परेकी उनलाइ नियन्त्रणामा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार