Logo

८ जेठ,वीरगञ्ज । कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वा निवासी ५० वर्षका ‘विनोद’ भन्ने विनय प्रसाद यादव रहेका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा लुकिछिपी बस्दै गरेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले पुष्टि गरे ।

विनयमाथि २०६३ साल साउन १२ गते पर्सा साविक गाविस.लखनपुर–९ हाल परिवर्तित सखुवाप्रसौनी गाउँपालिका–६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करको गोली हानेर हत्या गरेको आरोप छ ।
पक्राउ परेकालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार