Logo

२९ जेठ, बारा । वीरगञ्ज पथलैया राजमार्गको रातो पुल नजिकै रहेको हिमाद्री फुड प्रा.लि.का मजदुरहरु कामकाज बन्द गरी आन्दोलित भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।५ स्थित उद्योगले तलब बाहेकको सेवा सुबिधा नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले बोनसको सुबिधा नदिएको र काम गर्दा अपनाउँनुपर्ने सेफ्टीमा ध्यान नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । माग पुरा नभएसम्म आफुहरुको आन्दोलन जारी रहने मजदुरहरुले बताएका छन् । बारम्बार गरिएको बार्ताको प्रयास असफल भएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरु बताएका छन् ।

६ महिना अघि देखि नै बार्ताको माध्यमबाट समस्याको समाधान गर्ने प्रयास गरिरहँदा पनि समस्याको समाधानतर्फ उद्योगले चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कार्यरत मजदुर सरु रायले जानकारी दिईन् ।

८ बर्षसम्म उद्योगमा कार्य गरिरहँदा पनि उद्योगले बोनसको रुपमा एक रुपैया पनि नदिएको दुखेसो गरिन् । ६ महिनाको तलब बोनसको रुपमा माग्दा उद्योगले घाटामा छु भन्दै १५ दिनको बोनस दिने बताएपछि बार्ता भङ्ग भएको मजदुरहरुले बताएका छन् ।

यता अर्का मजदुर समना भट्टले दिनरात उद्योग चलाएर उद्योग घाटामा छ भन्नु हस्यापद बिषय भएको बताईन् ।

हिमाद्री फुड प्रा.लि.का प्रबन्ध निर्देशक बिपल्प पाँलले मजदुरहरुको आन्दोलनलाई हेरेर आफुहरुले निर्णय लिने जानकारी दिए । उनले यस बिषयमा अरु थप केही प्रतिक्रिया दिन मानेनन् ।

हिमाद्री फुड प्रा।लि।मा २२ जना स्थाई मजदुर सहित ४१ जना कार्यरत रहेका छन् । उद्योगले बिभिन्न किसिमको चक्लेट र चुईगम उत्पादन गर्ने गर्दछ ।


सम्बन्धित समाचार