Logo

२९ जेठ, जनकपुर । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । मोटरसाइकलमा आएका अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ ६ बजे महोत्तरीको गौशाला ११ निवासी विनय महतोमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए । उनका अनुसार साँझ मरहा हुँदै जाँदै गरेको अवस्थामा महतोम गोली प्रहार भएको प्रारम्भिक सोधपूछमा पाइएको छ ।

३० वर्षीय महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार गरिएको महोत्तरी प्रहरी प्रवक्ता जैसवालले जनाए । घाइते महतोलाई उपचारको लागि जनकपुर अस्पताल लगिएको महोत्तरी प्रहरी बताउँछ । तर उनको अवस्था चिन्ताजनक नरहेको भने प्रहरीले जनाएको छ ।

अज्ञात समूहले महतोमाथि गोली प्रहार गर्दै सुनको समेत लुटी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको प्रहरी भनाइ छ ।


सम्बन्धित समाचार