Logo

सांकेतिक तस्वीर

२९ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ ।

वडा नम्बर एक भवानीपुरका रुपन भैया थारुको ३३ वर्षका छोरा महेश भैया थारुलाई सोमबार साँझ विषालु सर्पले टोकेको थियो ।

त्यसपछि उनलाई उपचारको लागी वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा सोमबार राति करिब ९ बजे उनको मृत्यु भएको बुवा रुपनले बताए ।

मृतक महेश खेतमा काम गरिरहेका बेला सर्पले टोकेको उनले जानकारी दिए ।

गर्मिबढेसँगै ग्रामिण भेगमा सर्पको बिगबिगी भएको छ । खेत खनजोत गर्दा पनि सर्पले टोक्ने खतरा रहेको हुँदा सतर्क रहन जरुरी छ ।


सम्बन्धित समाचार