Logo

२९ जेठ,ठोरी । पर्साको ठोरी गापामा नै सबैभन्दा लामो झोलुङ्गे पुल बन्ने भएको छ । संघीय सरकारको अनुदानमा बन्न लागेको सो पुलको ठोरी गाँउपालिका वडा नम्बर ३ मा मङ्गलबार शिलान्यास गरिएको छ ।

१२० मिटर लम्बाई भएको सो पुल ठोरी गापा –३ को ब्रम्हानगर र बुद्धनगर जोड्ने ओडार खोलामा बन्न लागेको हो । सो पुलको ठोरी गापा ३ का वडा अध्यक्ष शम्भु खड्काले शिलान्यास गर्नुभएको ब्रम्हानगरका अगुवा स्थानीय युवा होम श्रेष्ठले जानकारी दिनुभयो ।

करिब एक करोड ४२ लाख ४९ हजार रुपैयाको लागतमा बन्न लागेको सो पुलको निर्माण पश्चात् साविकको निर्मलवस्ती गाविसको २ र ३ वडाका स्थानीय लाभान्वित हुने युवा श्रेष्ठले बताउनुभयो।

पुलको शिलान्यास कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य खड्क श्रेष्ठ , नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य रामकाजी श्रेष्ठ , नेकपा एमाले पर्साका लेखा समितिका उपाध्यक्ष गोविन्द प्रताप श्रेष्ठ ,नेपाली कांग्रेसका बुथ सभापति रुद्र खड्का , वडा सदस्य टिका श्रेष्ठ , देवलाल श्रेष्ठ ,ईन्जिनियर ओमप्रकाश यादव लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार