Logo

२९जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा आज सिलबन्दी गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अवैध रुपमा संचालनमा रहेको सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजमा सिलबन्दी गरिएको छ । त्यस्तै वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल, २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा पनि अनुगमन टोलीले सिलबन्दी गरेको छ ।

वडा नं. १८ भवानिपुरमा अनुमति विना नै संचालनमा रहेको संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहाकार नवराज फुयाँलले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार