Logo

२२ भदौ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगञ्जमा आर्थिक नगरीमा अर्थ मन्थन कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्ष संघीय साम्सद डा स्वर्णिम वाग्लेको प्रमुख उपस्थिति र रास्वपा पर्साका सभापति हरि पन्तको सभापतित्वमा बिरगंजको क्लासिक ब्यान्क्वेटमा सम्पन्न उक्त कार्यक्रममा उद्योग बाणिज्य महासङ मधेस प्रदेश , बिरगंज उद्योग बाणिज्य संघ , एन प्याब्सन पर्सा , प्याब्सन , पर्सा स्वास्थ संघ लगायत अन्य व्यावसायिक संघ सस्थाहरुका प्रतिनिधि र मिडियाकर्मी हरुको उल्लेख्य उपस्थिति थियो ।

रास्वपाले मुलुकको मुख्य आर्थिक एबम ब्यपारिक शहरहरु अर्थ मन्थन नीति अनुरुप बिरगंजमा “ आर्थिक मन्दी र अर्थ–राजनीतिक निकाश बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । यस मन्थनमा सुनिएका र उठाइएका सुझाव ,सल्लाह र यसका समाधानका उपायहरुको पहिचान गरि यसलाई राष्ट्रिय नितीमानै लिपि बद्ध गरेर मात्र बिश्राम लिने पार्टी उपाध्यक्ष डा स्वर्णिम वाग्लेले बताए । उनले देशको परम्परा गत र डेट स्पाएर आर्थिक र राजस्व नीति पुर्णरूपमा उल्ट्याउनु पर्ने जबर्जस्त अबस्श्यकता भएकोले यसका लागि ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै बहुमतको सरकार बन्नु पर्ने बताए ।

उनले आर्थिक गतिविधि तीव्र बनाउँदा मात्र आर्थिक संकट समाधान हुने बताए ।

रास्वपा पर्सा सभापति हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका बिशिष्ट अतिथि मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्यले पनि आर्थिक मन्दीको समयमा शिक्षा क्षेत्रको भूमिकाबारे चर्चा गर्दै, उद्यमशीलता र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्रका समस्या र चुनौतीहरू प्रस्तुत गर्दै, नीतिगत सुधारको आवश्यकतामाथि प्रकाश पारे ।
साथै निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. सुवोध कुमार गुप्ता लगायतले वीरगञ्जको आर्थिक गतिविधि, औद्योगिक समस्याहरू र सम्भावनाबारे चर्चा गरे।

कार्यक्रममा बरिष्ठ उद्योगी जगदिश अग्रवालले वीरगञ्जलाई सरकारको नीति निर्माणमा महत्त्वपूर्ण स्थान दिनुपर्ने माग गरे। अग्रवालले भने, “वीरगञ्ज औद्योगिक हबको रूपमा चिनिएको भए पनि यहाँका उद्योगीहरूलाई सहयोग नपाउँदा चुनौती थपिएका छन्। सरकारले यहाँका उद्यमीहरूलाई साथ दिने नीति बनाउनुपर्छ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्राध्यापक डा. प्रमोद सर्राफ, विश्लेषक बिनोद गुप्ता, अर्थविद् डा. दिपेन्द्र चौधरी लगायतले पनि आर्थिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका विविध मुद्दाहरूमा आफ्नो भनाई राखे। वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय माधव राजपाल र मनोज दास, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, पत्रकार ध्रुव साह, पत्रकार राजु श्रेष्ठ लगायतले विभिन्न क्षेत्रका समस्या उजागर गर्दै सुझाव दिए।

कार्यक्रममा पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले वीरगञ्जलाई व्यवसायिक नगरी भनिए पनि सरकारको दृष्टिकोण नफेरिएको र यहाँका नागरिकहरूले पनि सरकारको प्रभावकारी काम देख्न नसकेको बताए। पन्तले भने, “वीरगञ्जजस्तो प्रमुख नगरीले सरकारबाट कुनै ठोस सहयोग पाउन नसकेको छ, यसकारण यहाँका व्यवसायिक र आर्थिक चुनौतीहरूको समाधानका लागि निरन्तर बहस र छलफल आवश्यक छ।” उनले रस्वपाले राजनिती आग्रह पुर्बाग्रह भन्दा माथी उठेर देशलाइ हुने आर्थिक क्ष्यती न्युनिकरण गर्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गरेको बताए ।


सम्बन्धित समाचार