![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/12/npl20ktm_Y227EfakKm_3m3sjmxsar913qxr7x38uk2y4trqeucq92mpj392gnne0oraxcid9oqnosag_CsbschwzRp_tymfatzyftzjgns9i4drxgiv7p86wznvxmmoaq5etgxwgqys1kjygvgccl6c.jpg?fit=740%2C403&ssl=1)
१९ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।
बुधबार त्रि.वि. क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गर्दै शिखर धवनको ७२ रनको योगदानमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती दिएको थियो ।
कर्णालीका लागि नटआउट रहेका शिखरले ५२ बलमा ७२ रनको शानदार पारी खेलेका थिए । तर काठमाडौंका करण केसीको विस्फोट ब्याटिङले उनको प्रदर्शन पनि ओझेलमा पारिदियो । काठमाडौंको जितमा नटआउट रहेका सुमित महर्जनले ३७ बल सामना गर्दै ४० रनको योगदान दिए ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।