Logo

२० मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ब्रान्डन म्याकमुलेनको अर्धशतकमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।

यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे । यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । उनी रसिद खानको बलमा आउट भएका हुन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे । २५ बल खेलेका उनले ३ चौका र ३ छक्कासमेत प्रहार गरे । इङ्ल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका सुदूरपश्चिमका ओपनर सैफ जाइबको ब्याटिङ आजको खेलमा चल्न सकेन । उनी ९ बलमा ११ रन जोडेर पवेलियन फर्किए ।

अर्का ओपनर विनोद भण्डारीले भने २८ बलमा ३५ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । काठमाडौंका लागि रसिद खानले सर्वाधिक दुई विकेट लिए । करण केसी, गेर्हार्ड इरास्मस र शाहब अमालले समान १९१ विकेट लिए ।


सम्बन्धित समाचार