Logo

२२ मंसिर, वीरगञ्ज । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायनलाई ४५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १८७ रनको योगफल तयार पारेको थियो । १८८ को विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा १४२ रनमा सीमित रह्यो ।

एनपीएलमा सुदुरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले लगातार तेस्रो हार व्यहोरेको छ । एनपीएलमा सबै टोलीले तेस्रो खेल खेलिसक्दा जनकपुर र सुदुरपश्चिममात्र अपराजित छन् । बाँकी पाँच टोलीले एक जित हात पार्दा लुम्बिनी भने तेस्रो खेलसम्म आइपुग्दा जितविहिन हुने एक्लो टोली बनेको छ ।


सम्बन्धित समाचार