
२२ मंसिर, बारा । बाराको निजगढ नगरपालिकामा रक्तदानको आयोजना गरिएको छ । नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर समितिले रक्तदानको आयोजना गरेको हो ।
निजगढको शहिद चोकमा भएको रक्तदानमा १० जना महिला सहित ८० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा शर्मिला बिक, सन्ध्या रिजाल, संगीता रिमल, संगीता गुरुङ, सुमित्रा खड्का, मनिषा अधिकारी, बिमला खनाल लगायत रहेका छन् ।
नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेका थिए ।