Logo

२३ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।

टीयू क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्। जनकपुरले सुरुवाती ब्याटिङ गर्नेछ ।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ ।

पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो ।

अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ ।


सम्बन्धित समाचार