
७ चैत,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार यादवले अग्रता कायम राखेका छन् । निर्वाचन कार्यालयका अनुसार बिहान साढे ११ बजेसम्म १४०२ मतपत्र गणना हुँदा यादवले ३३२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी विकास मण्डलले २१६ मत प्राप्त गरेका छन् । निर्वाचन समिति स्रोतका अनुसार यादव ११६ मतले अगाडि छन् ।
नेविसंघका आधिकारिक उम्मेदवारको मत घट्दो क्रममा देखिएको छ । चारवटा मतगणना केन्द्रमध्ये तीनवटामा मतगणना भइरहेको छ भने एक नम्बर मतगणना केन्द्रका प्रतिनिधि नआएकाले मतगणनामा ढिलाइ भएको छ ।