Logo

३ वैशाख,वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरी हिरासतमा राख्न जिल्ला अदालतले म्याद थप गरेको छ। प्रहरीले थप एक जनालाई पनि पक्राउ गरेको छ।

जिल्ला अदालत पर्साले बुधबार पक्राउ परेका चारै जनालाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला प्रहरी कार्यालयले सात दिनको म्याद मागेको थियो। पक्राउ परेकामध्ये दुई जनालाई राज्यविरुद्धको कसुर र दुई जनालाई आपराधिक उपद्रव गरेको मुद्दा लगाइएको छ।

पर्सा प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति शकिल मियाँ हुन्। यसअघि, मंगलबार साँझ वीरगञ्जको छपकैयाँबाट शेख खुर्सेद, सलाउदिन मियाँ ठकुराई र रवि सरार्फ तथा नगवाबाट बल्जित सिंहलाई पक्राउ गरिएको थियो।

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले सिसिटिभी फुटेज, ड्रोन फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोहरूको विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन्।


सम्बन्धित समाचार