Logo

२७ बैशाख, वीरगञ्ज । इनोभेटिभ सोसाइटी पर्साले शनिबार वीरगञ्जस्थित माईस्थान पार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६ महिलासहित ५९ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमध्ये अस्मिता थापा, पूजा खत्री, ईसा बराल, समिक्षा लिंका, शोभा बस्नेत र कार्यक्रमका अध्यक्ष कमल चौगाईंको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको संयोजन डा.प्रीती यादवले गरेकी थिइन् भने उपाध्यक्ष निर्मल खत्री र सदस्यहरू हरि गुप्ता, लालबाबु चौधरी लगायतले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, समाजसेवी तथा कांग्रेस नेता प्रकाश उपाध्याय,

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रीनसिटी सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतान, देवेश मानव सेवा, सामाजिक अभियन्ता प्रकाश थारु, राजेन्द्र भट्टराई, नारायणी अस्पतालका हेमा थापा र कल्पना पौडेल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार