Logo

१६ जेठ, काठमाडौं । नेकपा एमालेले अनेरास्ववियुको महाधिवेशनमा ३२ वर्षे उमेर हद लागू गर्न परिपत्र गरेको छ ।

नेकपा एमालेले भ्रातृ संगठन अनेरास्ववियुको यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँको कीर्तिपुरमा हुने अनेरास्ववियुको २४ औँ महाधिवेशनमा ३२ वर्षे उमेर हद कायम गर्न परिपत्र जारी गरेको हो । एमाले महासचिव शंकर पोखरेलले जेठ १४ गते परिपत्र जारी गर्नुभएको हो । परिपत्रमा एमाले केन्द्रीय सचिवालयको ५२ औँ बैठकको निर्णयअनुसार अनेरास्ववियुमा उमेर हदको निर्णय भएको र सोही अनुसार व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

एमाले जनसंगठन संयन्त्रका संयोजकलाई बोधार्थसहित महासचिव पोखरेलले पठाएको परिपत्रमा सम्पन्न हुन गइरहेको अनेरास्ववियको महाधिवेशनमा ३२ वर्ष उमेर हद नकटेका प्रतिनिधि मात्र विधानको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउन भनिएको छ ।

अनेरास्ववियुले यसअघि स्ववियु निर्वाचन प्रयोजनका लागि २८ वर्षको उमेर हद कायम गर्दै कार्यान्वयन गरिसकेको छ ।


सम्बन्धित समाचार