Logo

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ ।

अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय पनि भएको छ । नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको हो ।

जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।


सम्बन्धित समाचार