
१६ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध जारी राख्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरुले संसद अवरुद्ध गर्ने बताएका हुन् । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
उक्त छलफलमा विपक्षी दलका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा नआइ संसद्को अवरोध नहट्ने दोहो¥याएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले अवरोध बजेट पेस गर्नका लागि मात्रै रोकिएको र आगामी बैठकमा अवरोध जारी रहने बताउनुभयो ।
यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको नाम जोडिएको घटन मानव तस्करसँग जोडिएको विषय भएकोले राजीनामा नगरी सदन चल्न नदिने अडान लिनुभयो ।
गृहमन्त्री लेखकले भने यस विषयलाई राजनीतिक पूर्वाग्रही ढंगले उचालिएको जवाफ दिइसक्नुभएको छ ।