
२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन्।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई उक्त जिम्मेवारी सुम्पेका हुन्।
जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि महानगर प्रहरी बल प्रमुखको रूपमा कामकाज गर्न पत्र दिइएको छ। यसको बोधार्थ मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ।
यो पनि पढ्नुहोस
काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा