
२३ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले उपलब्ध गराएको जानकारी अनुसार, आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।