Logo

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफल जारी राखेका छन्। सदनको गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकसहितका नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका हुन्। छलफलमा उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थिति रहेको छ।

छलफलमा सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायतका नेताहरू सहभागी छन्।

तर, सदन खुलाउने विषयमा भने अहिलेसम्म सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठनको माग राख्दै आएका छन्। यद्यपि, सत्तापक्षले भने यस मागमा सहमति जनाएको छैन।

प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको छ।


सम्बन्धित समाचार