Logo

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखि जारी अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन।

सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो।

दलहरूबीच सहमति जुट्न नसकेपछि दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। सत्तापक्ष र प्रतिपक्षी आ-आफ्नै अडानमा रहेका कारण सहमति हुन नसकेको बताइएको छ।

प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राखिरहेका छन्। अर्कोतर्फ, सत्तापक्ष भने यस विषयको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले समानान्तर समिति बनाउन उपयुक्त नहुने तर्क गरिरहेको छ।


सम्बन्धित समाचार