
२८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि पुनः स्थगित भएको छ। अब बैठक आजै दिउँसो ३:१५ बजेका लागि सारिएको छ।
प्रतिनिधिसभाले विपक्षी दलको निरन्तरको अवरोध झेलिरहेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। यसअघि, सोमबार पनि सूचना टाँस गरेर बुधबारका लागि बैठक तय भएको थियो।
सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन्, तर अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन।