
२८, जेठ काठमाडौं । प्रतिनिधिसभा बैठक भोली दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि अवरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।
बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । आजको बैठकमा प्रतिपक्षीहरूले मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।