Logo

 १  असार ,विराटनगर । –कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ।

बजेटको विनियोजन:

  • चालु खर्च: १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (कुल बजेटको ५२%)
  • पुँजीगत खर्च: १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (कुल बजेटको ४७.७%)
  • वित्तीय व्यवस्थापन: १० करोड रुपैयाँ (कुल बजेटको ०.३%)

यो बजेट चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ७० करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ।

राजस्व र स्रोत:

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्न निम्न स्रोतहरू प्रयोग गरिनेछ:

  • आन्तरिक राजस्व: ५ अर्ब ५० करोड रुपैयाँ
  • राजस्व बाँडफाँड: १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ
  • सङ्घबाट वित्तीय समानिकरण अनुदान: ८ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ
  • सशर्त अनुदान: ४ अर्ब ५७ करोड १० लाख रुपैयाँ
  • समपूरक अनुदान: ३९ करोड १७ लाख रुपैयाँ
  • विशेष अनुदान: ५५ करोड ७२ लाख रुपैयाँ
  • रोयल्टी: ३५ करोड ६ लाख रुपैयाँ

कुल राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३२ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ व्यहोरिनेछ भने अपुग ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट पूरा गरिने बजेट वक्तव्यमा उल्लेख छ।

क्षेत्रगत विनियोजनका प्रमुख अंशहरू:

  • पूर्वाधार विकास: १० अर्ब ५७ करोड रुपैयाँ (सर्वाधिक)
  • खानेपानी, सिँचाइ तथा ऊर्जा: ४ अर्ब ७३ करोड ३० लाख रुपैयाँ
  • स्वास्थ्य: ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ
  • पर्यटन, वन तथा वातावरण: २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ
  • कृषि र उद्योग: २ अर्ब १८ करोड रुपैयाँ
  • शिक्षा, विज्ञान र सामाजिक: २ अर्ब ५ करोड ५५ लाख रुपैयाँ
  • शान्ति सुरक्षा: ९६ करोड रुपैयाँ


सम्बन्धित समाचार