
१३ असार, पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) शुक्रबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ।
शुक्रबार बसेको संसद् बैठकमा बजेटको पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन जनाएका थिए। यता, सरकारमा सहभागी भए पनि नेकपा (माओवादी केन्द्र) विपक्षमा उभियो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मौन बस्यो।
सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यसरी प्रमुख दलहरूको समर्थनमा बजेट पारित भएसँगै गण्डकी प्रदेशमा आगामी वर्षको विकास निर्माण र सरकारी कामकाज सञ्चालनका लागि बाटो खुलेको छ।