Logo

१३ असार, काठमाडौँ। नेपाली सेनाका गौरव कुमार केसी लाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल ले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतीसँगै उपरथी केसीलाई पूर्वी पृतनाको पृतनापति को जिम्मेवारी दिइएको छ। यसअघि उनी सैनिक प्रवक्ताको जिम्मेवारीबाट सरुवा भई निमित्त पृतनापतिको रूपमा कार्यरत थिए।


सम्बन्धित समाचार