
१४ साउन, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ननग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि मौका परीक्षा तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्दै ननग्रेडड विद्यार्थीहरूले साउन २९ देखि मौका परीक्षा दिन पाउने जनाएको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त जानकारी दिएका हुन् । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।
आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए। एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएका छन् ।