Logo

१५ असार, काठमाडौं । संघीय संसद्को बैठकमा आज नाटकीय मोड आएको छ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विचाराधीन निजामती सेवा विधेयकको प्रतिवेदन रोष्ट्रममै च्यातेर बैठक बहिष्कार गरेका छन्। उनले विधेयकले सबै नागरिकलाई समान नहेरेको र कमजोर वर्गको सुरक्षा गर्न नसकेको भन्दै आक्रोश पोखे।

साहले विधेयक पारित भएको आफू साक्षी बस्न नसक्ने बताए। “अब गरिबले लोकसेवा दिन नपाउनेरु,” उनले प्रश्न गरे, “यदि तल्लो तहमा काम गर्ने कर्मचारीको जीवन जीवन होइन भने, यो विधेयक कसरी स्वीकार्य हुन्छ?”

उनले विधेयकले श्रेणि विहीन कर्मचारीहरूको सुरक्षा नगरेको आरोप लगाउँदै भने, “आज तिनलाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन। नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ।”

साहले यति भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरे र विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट बाहिरिए। उनको यो कार्यले संसद्‌मा ठूलो हलचल पैदा गरेको छ।


सम्बन्धित समाचार