
१५ असार, काठमाडौं । लामो समयदेखि छलफलमा रहेको संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आइतबारको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेलगत्तै यसलाई अनुमोदन गरिएको हो।
विधेयकमाथि विभिन्न सांसदहरूले आफ्ना धारणा राखेका थिए। छलफलमा सहभागी हुने सांसदहरूमा अमनलाल मोदी, जनार्दन शर्मा, कान्तिका सेजुवाल, प्रकाश ज्वाला, प्रभु साह (जसले विधेयकको प्रति रोष्ट्रममै च्यातेका थिए), रञ्जुकुमारी झा, डा.अमरेशकुमार सिंह, चन्द्रकान्त भण्डारी, रामकृष्ण यादव, ज्वालाकुमारी साह, माधव सापकोटा, लेखनाथ दाहाल, शेरबहादुर कुँवर, महेन्द्रबहादुर शाही, बासुदेव घिमिरे, ठाकुरप्रसाद गैरे, प्रेम सुवा, रेखा शर्मा, रामप्रकाश चौधरी, नारायणी शर्मा, लिलानाथ श्रेष्ठ र दिपा शर्मा लगायत थिए।
यो विधेयक पारित भएसँगै निजामती सेवाको संरचना र सञ्चालनमा नयाँ कानुनी आधार तयार भएको छ।