
१६ असार, काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ।
अस्थायी प्रकृतिका शिक्षकहरूको प्रतिस्पर्धाको मोडलबारे सहमति जुट्न नसकेपछि आज विहान साँढे ८ को लागि आव्ह्वान गरिएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो। समितिभित्र प्रतिस्पर्धा अनुपात ६०÷४० राख्ने कि ७५२५ राख्ने भन्ने विषयमा मतभेद देखिएको छ। बैठक बस्नुअघि समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरे पनि सफल हुन सकेन।
अब शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने बताइएको छ। यो छलफलले अस्थायी शिक्षक व्यवस्थापनको महत्वपूर्ण विषयमा समाधान निकाल्न मद्दत गर्ने अपेक्षा गरिएको छ।