Logo

१९ असार,वीरगञ्ज । बाराको बारागढी गाउँपालिका वडा नं. ३ खोपवास्थित सडक खण्डमा बारा प्रहरीले अवैध रुपमा ढुवानी भइरहेको मसालको काठसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

आज बिहान ११ः४० बजे गंजभवानिपुरबाट मलाही तर्फ जाँदै गरेको ज.१ त ८८५० नम्बरको ट्याक्टर (सपेता) लाई प्रहरी टोलीले चेकजाँचका क्रममा रोकेर सोधपुछ गर्दा अवैध काठ फेला परेको थियो।

बरामद भएको काठको अनुमानित मूल्य ७५ हजार रुपैयाँ र ट्याक्टरको अनुमानित मूल्य ५ लाख रुपैयाँ गरी कुल ५ लाख ७५ हजार रुपैयाँ बराबरको सम्पत्ति नियन्त्रणमा लिइएको छ।

प्रहरीले ट्याक्टर र काठलाई थप अनुसन्धानका लागि कोल्हवी वन कार्यालय पठाइएको जनाएको छ।


सम्बन्धित समाचार