Logo

३२ असार,सर्लाही । सर्लाहीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एकजना अन्दाजी ५० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। घटना बिहान साढे १० बजेतिर मलंगवा–नवलपुर सडक खण्डमा पर्ने कबिलासी–१० पिडारी चोकमा भएको हो।

प्रहरीका अनुसार, प्र.२–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको सनाखत हुन भने अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी–८ का २२ वर्षीय रुपेश राय र मोटरसाइकलको पछाडि सवार उनकी पत्नी २० वर्षीया पिंकीदेवी राय पनि घाइते भएका छन्। रुपेशको ओठ काटिनुका साथै एउटा दाँत भाँचिएको छ भने पिंकीदेवीको गालामा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइते खतरामुक्त रहेको र उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।

प्रहरीले तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार