१४ भदौ,वीरगञ्ज । सर्लाही जिल्ला बलरा नगरपालिकाका अनिल कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।
सिंहलाई आज पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित आफ्नो निजी निवासमा पार्टीमा स्वागत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सिंहको प्रवेशले बलरामा माओवादी केन्द्र सुदृढ हुने विश्वास व्यक्त गर्दै थप सकृय रूपमा पार्टीको काममा लाग्न आग्रह गरे ।















