प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ भदौ, काठमाडौं । दशैं र तिहारको किनमेल सुरु हुने बेलामा नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाकाहरू बन्द हुँदा व्यवसायीहरू चिन्तित बनेका छन् ।

गत असारमा आएको बाढीले रसुवागढी नाका ठप्प पारेको थियो भने, केही दिनअघि मात्रै खुलेको तातोपानी नाका पनि पहिरोका कारण बन्द भएको छ। यसले गर्दा चीनबाट सामान बोकेर आउँदै गरेका करिब १५ सय मालबाहक कन्टेनरहरू चीनमै रोकिएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार, यी कन्टेनरहरू मितेरी पुलपारि, खासा, सिगात्से र न्यालम लगायतका चिनियाँ क्षेत्रमा रोकिएका छन्। ती कन्टेनरमा दशैं–तिहारका लागि मगाइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स र अन्य उपभोग्य वस्तुहरू रहेका छन् । भदौ ७ गतेदेखि कोदारी राजमार्गमा ठाउँठाउँमा पहिरो गएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ र यो कहिले खुल्छ भन्ने निश्चित छैन । यसले काठमाडौंसहित देशका प्रमुख सहरहरूमा दशैं बजारमा सामानको अभाव हुने र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने सम्भावना देखिएको छ ।

बाटो बन्द भएपछि कतिपय व्यवसायीले चीनमै महँगो भाडा तिरेर सामान भण्डारण गर्नुपरेको छ भने, केही सामान कुहिने वा बिग्रिने जोखिम पनि बढेको छ। यसले व्यवसायीलाई दोहोरो मार परेको छ।


सम्बन्धित समाचार