Logo

१५ भदौ, काठमाडौं । लामो समयदेखि दूधको बक्यौता रकम नपाएको भन्दै आन्दोलित दुग्ध उत्पादक किसान र प्रहरीबीच आज काठमाडौंमा घम्साघम्सी भएको छ।

दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरूलाई प्रहरीले रोक्न खोज्दा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो । अखिल नेपाल किसान महासंघको अगुवाइमा काभ्रे, नुवाकोट, धादिङसहित उपत्यकाका किसानहरू ‘दूधको बक्यौता रकम तुरुन्त भुक्तानी गर, ‘दुग्ध किसान मार्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए  ।

उनीहरूले पटकपटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि सडकमा उत्रिन बाध्य भएको बताएका छन् । यो घटनाले नेपालका किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन कति संघर्ष गर्नुपर्छ भन्ने कुरालाई पुनः उजागर गरेको छ।

 

 


सम्बन्धित समाचार