२४ भदौ, वीरगञ्ज । काठमाडौँमा सोमबारको प्रदर्शनमा ठूलो जनहानिपछि मंगलबार बिहानदेखि वीरगञ्जका सडकहरूमा जेनजी युवाहरूको आन्दोलन फेरि सुरु भएको छ। उनीहरूले मुख्य सडकहरूमा धर्ना दिएर आवागमन अवरुद्ध गरेका छन् र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले ‘केपी ओली मुर्दावाद’, ‘हामीलाई बोल्न दे सरकार’, ‘यो सरकार चाहिदैन’, ‘भ्रष्टाचार अन्त्य गर’ जस्ता नाराहरू लगाउँदै सरकारको नीतिको विरोध गरेका छन्। स्थानीय प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ।
स्थानीय व्यवसायी र यात्रुहरूले प्रदर्शनका कारण असुविधा भएको बताएका छन्। तर युवाहरूले आफ्ना मागहरू सुनिनु आवश्यक भएको बताएका छन्।
वीरगञ्जमा अहिले प्रहरीको बाक्लो उपस्थिति छ ।


















