Logo

१० कात्र्तिक, काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा एक गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि ठूलो तनाव उत्पन्न भएको छ ।

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका आक्रोशित आफन्तले प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले किष्ट अस्पताललाई चारैतिरबाट घेरा हालेर राखेको छ। मृतकका आफन्त र परिवारका सदस्यहरू ठूलो संख्यामा भेला भएका छन् र विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूको मुख्य आरोप छ कि अस्पतालको गम्भीर लापरबाहीले कात्तिक ७ गते गर्भवती महिलाको ज्यान गएको हो ।

घटना भएको यतिका दिन बितिसक्दा पनि अस्पताल प्रशासनले अहिलेसम्म संवादका लागि कुनै पहल नगरेको भन्दै आफन्तहरू थप आक्रोशित बनेका छन् । हिजो आक्रोशित भीडले अस्पतालमा सामान्य तोडफोड समेत गरेको थियो। अहिले अस्पताल परिसर भित्र र बाहिर निकै तनावपूर्ण स्थिति छ ।


सम्बन्धित समाचार