Logo

१७ कात्तिक,वीरगञ्ज । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा केवल ३.५ प्रतिशत बजेट खर्च गर्न सकेको छ। प्रदेश सरकारको राजनीतिक परिवर्तन, जेन–जी आन्दोलनको प्रभाव र मन्त्रालयका खाताहरू सञ्चालनमा ढिलाइ हुँदा खर्च अत्यन्तै खुम्चिएको हो।

प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा मधेस प्रदेश सरकारले १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

लेखा नियन्त्रक मनोज कुमार झाका अनुसार सो खर्चमध्ये चालु तर्फ १ अर्ब २८ करोड ४२ लाख रुपैयाँ (७.६८ प्रतिशत) र पूँजीगत तर्फ ३३ करोड ८५ लाख रुपैयाँ (१.१८ प्रतिशत) खर्च भएको छ।

मधेस प्रदेश सरकारले यो आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर पहिलो त्रैमासिक सकिँदा बजेटको ठूलो हिस्सा निष्क्रिय रहेको देखिएको छ।

बजेट खर्च कम हुनुका मुख्य कारणका रूपमा जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता, प्रदेश सरकारको परिवर्तन र प्रशासनिक ढिलाइलाई देखाइएको छ।

प्रदेशमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकार ढलेपछि **लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)**का नेता जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए। तर मुख्यमन्त्री सोनलले दुई मन्त्रालयलाई अहिलेसम्म विभागीय जिम्मेवारी नदिएकाले बजेट कार्यान्वयन प्रभावित भएको एक मन्त्रालयका सचिवले बताएका छन्।


सम्बन्धित समाचार
भर्खरै