Logo

१८ कार्तिक, काठमाडौँ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकबारे जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका हुन्।

पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिलाई उपस्थित रहन अनुरोध गरिएको छ।

आजको बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन्। संस्थापन इतर समूहले आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने अडान लिएको छ, भने संस्थापन पक्ष भने फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने मतमा अडिग छ।

महाधिवेशनको मिति र कार्यतालिकाबारे हुने बहसले कांग्रेस नेतृत्वभित्रको आन्तरिक शक्ति सन्तुलन र रणनीतिक दिशाबोध स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

बैठक दिउँसो १ बजे सानेपामा बस्ने तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।


सम्बन्धित समाचार