Logo

१८ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सहित नौ वटा वाम दलहरूबीच हुने एकताको घोषणा भोलि बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका सबै पार्टीहरूको औपचारिक एकीकरण घोषणा हुने जानकारी दिएका छन् । नेता सापकोटाका अनुसार, एकीकृत हुने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ। उनले एकीकृत पार्टीले जनताको चाहना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरेका छन्। मंगलबार बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सापकोटाले भने, ‘अहिलेसम्मका उतारचढाव, घुम्ती र मोड पार गर्दै अब देश समृद्धिमा जाने हामीले विश्वास गरेका छौँ।’

पार्टी एकता प्रक्रियामा माओवादको सैद्धान्तिक अवधारण छाडिएको भन्ने प्रश्नमा सापकोटाले तत्काललाई माओवादको सिद्धान्त छाडिए पनि यसलाई पुनर्स्थापित गर्न सकिने संकेत दिएका छन्। उनले भने, ‘बृहत् सजीव छलफल गरेर माओवाद पुनर्स्थापित पनि हुनसक्छ। तर अहिले एकता गर्नैपर्ने भएकाले मात्र हो।


सम्बन्धित समाचार