Logo

१९ कात्र्तिक, काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनपछि प्रहरीले गरेको आन्तरिक छानबिनमा हतियार र गोलीगट्ठाको ठूलो परिमाणमा हिसाब मिलेको छैन भन्ने निष्कर्ष निकालिएको छ ।

प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको आन्तरिक प्रतिवेदनअनुसार आन्दोलनका क्रममा हराएका र लुटिएका कारण ९८ हजारभन्दा बढी धातुको गोली (जङ्ग्री राउण्ड) को रेकर्ड नभेटिएको पाइएको छ, जसमध्ये काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएका छन्। ‘जङ्ग्री राउण्ड’ मात्र होइन, आन्दोलनकारीलाई भगाउन प्रयोग हुने २ हजार २ सय डमी राउण्ड र फायर गरिएको बाहेक १३ सय रबर बुलेट पनि हराएको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, २ हजार ८ सय अश्रुग्याँस सेल र १७ सय म्याग्जिन ९गोली राख्ने भाँडो० पनि रेकर्डमा फेला परेका छैनन् । जेनजी प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ६५ सय राउण्डभन्दा बढी गोली (४ हजार जङ्गी राउण्ड, २५ सयभन्दा बढी रबर बुलेट र २५ सयभन्दा बढी ब्ल्याङ्क राउन्ड) प्रहार गरेको र ८ हजार सेल अश्रुग्याँस (काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल) प्रयोग गरेको प्रतिवेदनले देखाएको छ।

यद्यपि, स्थिति सामान्य भएपछि प्रहरीले करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद गरे पनि, आन्तरिक प्रतिवेदनअनुसार हराएका १२०० थान हतियारमध्ये ४५३ थान हतियार अझै पनि प्रहरीको रेकर्डमा बाहिर रहेको देखिएको छ।


सम्बन्धित समाचार