१ वैशाख,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ दलित बस्तीमा सोमबार राति भएको आगलागीबाट घरबारविहीन भएका तीन दलित परिवारलाई तत्काल राहत सामग्री वितरण गरिएको छ ।
आगलागीबाट सञ्जय राम, मन्जय राम र मन्तुरा देवी रामका तीन फुसका घर तथा सम्पूर्ण सरसामान जलेर नष्ट भएपछि उनीहरू बिचल्लीमा परेका छन् ।
रास्वपाका नेता तथा समाजसेवी बृजेश्वर प्रसाद चौधरी र दलित युवा अभियन्ता मनोज रामको पहलमा पीडित परिवारलाई मंगलबार राहत सामग्री प्रदान गरिएको हो ।
प्रत्येक परिवारलाई एक बोरा चामल, एक बोरा पीठो, एक बोरा आलु, प्याज, दाल, मसला, नुन, खानेतेल, चना, केराउ तथा साबुनलगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध गराइएको चौधरीले जानकारी दिए ।
आगलागीपछि स्थानीय तहमा थप सहयोग र पुनःस्थापनाको मागसमेत उठ्न थालेको छ ।

















