Logo

२ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतका २२ वर्षीय अक्षय कुमार रहेका छन्। उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनको साथबाट ८ किलो ५६० ग्राम गाँजा बरामद गरिएको छ। उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।

हाल पक्राउ परेका कुमारमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


सम्बन्धित समाचार