८ वैशाख,काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयका अनुसार बैठक नियमित एजेन्डाअनुसार बसेको हो।
बैठकका निर्णयहरूबारे सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले सार्वजनिक गर्ने बताइएको छ।
सचिवालयले निर्णय सार्वजनिक गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हलमा उपस्थित हुन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
बैठकका एजेन्डा तथा निर्णयहरूबारे विस्तृत विवरण सार्वजनिक भएपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।