Logo

२३ बैशाख, काठमाडौँ । लामो समयको कानूनी रस्साकस्सीपछि नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनका लागि बाटो खुलेको छ ।

चलचित्रको प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसँगै निर्माता हरूलाई राहत मिलेको हो ।

अदालतले तत्काल प्रदर्शन रोक्ने पक्षमा आदेश नदिएपछि अब यो चलचित्र पूर्व निर्धारित योजनाअनुसार दर्शकमाझ जान सक्नेछ । यसअघि गत वैशाख १५ गते अदालतले प्रदर्शनमा रोक लगाएको थियो, जसका कारण वैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्रको भविष्य अन्यौलमा परेको थियो। अदालतको यो पछिल्लो निर्णयले ‘लालीबजार’ टिमको ठूलो लगानी र मेहनतलाई सुरक्षित गरेको देखिएको छ ।


सम्बन्धित समाचार