Logo

२५ वैशाख,वीरगञ्ज । मटिअर्वा छोटी भन्सारलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सरकारले अगाडि बढाएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाको लामो समयदेखिको माग तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले उक्त प्रक्रिया अघि बढाइएको हो।

सरकारले देशभर रहेका १८ वटा छोटी भन्सारको सूचीमा वीरगंज भन्सार कार्यालय अन्तर्गत पर्ने मटिअर्वा छोटी भन्सारलाई पनि समावेश गरेको छ। भन्सार सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया तत्कालै अगाडि बढाइने तयारी गरिएको जनाइएको छ।

लामो समयदेखि बन्दप्रायः रहेको भन्सार पुनः सुचारु भएपछि सीमापार व्यापार सहज हुने, स्थानीय व्यवसाय चलायमान बन्ने तथा राजस्व संकलनमा वृद्धि हुने अपेक्षा गरिएको छ।

यसैबीच, भन्सार क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा उचित व्यवस्थापनका लागि अरविन्द साहले आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजनको माग गरेका छन्। उनको सचिवालयका अनुसार मटिअर्वा नाकाको स्तरोन्नति र पूर्वाधार विकासले यस क्षेत्रको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार